दफा ५५३
नमूना हेरी बिक्री हुने करार मानिने

(१) करारमा प्रत्यक्ष वा परोक्ष रूपमा नमूना हेरी वस्तु बिक्री गर्ने व्यवस्था रहेकोमा त्यस्तो वस्तु नमूना हेरी बिक्री हुने गरी करार भएको मानिनेछ ।
(२) नमूना हेरी वस्तु बिक्री गर्ने गरी करार भएकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यस्तो करारमा देहायका शर्तहरू रहेको मानिनेछ :-
(क) थोक वस्तुको गुणस्तर नमूनाको गुणस्तर अनुसार भएको,
(ख) क्रेतालाई वस्तुको थोक परिमाणको गुणस्तर नमूनासँग भिडाउने मनासिब अवसर प्राप्त भएको,
(ग) बिक्री भएको वा हुने वस्तु कुनै पनि खोटबाट मुक्त रहेको र नमूनासँग भिडाउँदाका बखत हेर्नासाथ त्यस्तो वस्तु सन्तोषप्रद गुणस्तरयुक्त भएको ।